तस्वीर- फेसबुक/मुम्बई इण्डियन्स

क्रिकेट

आईपीएलमा आज दुई खेल हुँदै

By खबरहब

April 30, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरको सामना गर्नेछ भने दोश्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इण्डियन्स आमने सामने हुनेछन् ।

पहिलो खेल मुम्बईस्थित ब्रबोर्न स्टेडियममा बेलुकी पौने ४ बजे शुरु हुनेछ । त्यस्तै, दोश्रो खेल राति पौने ८ बजे शुरु हुनेछ ।

गुजरातका हार्दिक पाण्ड्याका लागि यो सयौँ आईपिएल खेल हो । त्यस्तै, गुजरातकै लकी फग्र्युसनको भने यो सयौँ टी–ट्वान्टी  खेल हो ।

८ खेलमा ७ मा जित निकालेको गुजरात १४ अंकसहित अंक तालिकाको शीर्ष स्थान छ । ९ खेलमा ५ मा जित निकालेको बैङ्गलोर १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

त्यस्तै, ८ खेलमा ६ मा जित निकालेको राजस्थान १४ अंकसहित तालिकाको दोश्रो स्थानमा छ । अंकविहिन मुम्बई भने पुछारमा छ ।