बलिउड/हलिउड

ब्रेकअपपछि कियाराले भनिन्,’म कसैलाई भुलाउन चाहँदिन’

By खबरहब

April 30, 2022

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाट समेत बन्द गरिसकेका छन् । शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो । यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । उनले टाइम्स अफ इन्डियाको कुराकानीमा सिद्धार्थ र कियारा बीचमा सब ठीकठाक भएता पनि ब्रेकअप भएको बताएका थिए । त्यसपश्चात् ब्रेकअपको खबरले मिडियामा राम्रो स्थान पाइरहेको छ । 

‘सिद्धार्थ र कियाराको बन्डिङ निकै राम्रो थियो । उनीहरु दुवैले चाँडै बिहे गर्ने सोच बनाएका थिए । तर, अहिले उनीहरूको बीचमा के भयो जसका कारण उनीहरूले अलग हुने निर्णय गरेका छन् । 

हामी आशा गर्दछौँ  कि उनीहरूबीचको दरारहरू समाधान होस् ‘ सिद्धार्थ र कियारासँग नजिक रहेका एक सदस्यले बलिउड लाइफसँग कुरा गर्दै भनेका छन् । यी दुईको ब्रेकअपको कारण बाहिर नआएता पनि कियाराले मिडियासँग कुराकानी गरेकी छिन् । आफ्नो फिल्म ‘भूल भुलैया २’ को एक इभेन्टमा कुराकानी गर्ने क्रममा आफ्नो लाइफमा आएका सबै मानिस महत्वपूर्ण रहेको बताएकी छिन् । 

उनले एक पत्रकारको जिज्ञासामा जवाफ दिदै भनिन् ,’मैले सबैबाट केही न केही सिकेकी छु । त्यसैले मेरो जीवनसँग जोडिएका सबै महत्वपूर्ण छन् । म उनीहरूलाई भुलाउन होइन, ससम्झिन चाहन्छु ‘।

यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिशन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । साथै, कियारा अभिनीत फिल्म ‘भूल भुलैया २’ रिलिजको तयारीमा छ ।