क्रिकेट

नेपाल र जिम्बाब्वेबीचको संशोधित खेल तालिका सार्वजनिक

By खबरहब

April 30, 2022

काठमाडौँ– नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वे ‘ए’ सँगको सिरिजको संशोधित खेलतालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार बैशाख १८, १९ र २० गते टी–ट्वान्टी सिरिज खेलाइने छ ।

यस्तै, तीन एक दिवसीय सिरिजमध्ये पहिलो खेल बैशाख २३ ग गते खेलाइने छ । दोस्रो एक दिवसीय खेल २४ गते र तेस्रो २६ गते खेलिने भएको छ ।

यसअघि बैशाख १७ गते एकदिवसीय खेलसँगै सिरिजको आरम्भ हुने तालिका रहेको थियो । तर, पहिलो खेल नै वर्षाका कारण प्रभावित भएसँगै खेल तालिका परिमार्जन गरिएको हो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।