तस्वीर- फेसबुक/आईपीएल

क्रिकेट

आईपीएलमा बैङ्गलोरद्वारा गुजरातलाई १७१ रनकाे लक्ष्य

By खबरहब

April 30, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले गुजरात टाइटन्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

भारतको पुणेमा जारी खेलको पहिलो इङ्ग्सिमा टस जितेर पहिले ब्याटिङ रोजेको बैङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएपछि गुजरातले १७१ रनको लक्ष्य पाएको हो । बैङ्गलोरका लागि विराट कोहलीले ५८ रन र रजत पतिडारले ५२ रन जोडे ।

आईपीएलको यो सिजनमा कोहलीको पहिलो अर्धशतक हो ।  कोहलीले ५३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दैँ ५८ रन बनाए ।

त्यस्तै, रजत पातिडारले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दैँ ५२ रन जोडे । गुजरातका प्रदिप साङ्गवानले २ र मोहम्मद शामीले १ विकेट लिए ।