फाइल तस्वीर

अन्तर्राष्ट्रिय

रुसी ह्याकरद्वारा रोमानियाका सरकारी साइटलाई लक्षित गरी साइबर हमला

By खबरहब

April 30, 2022

काठमाडौं– रुस समर्थित ह्याकरहरुले युक्रेनको छिमेकी मुलुक रोमानियाका सरकारी वेबसाइटहरूले निशाना बनाएर साइबर आक्रमण गरेका छन् ।

रोमानियाको राष्ट्रिय साइबर सुरक्षा निकायले विज्ञप्ति जारी गर्दै रुस समर्थित ह्याकरहरुले सरकारी वेबसाइटलाई लक्षित गरी साइबर हमला गरेको जनाएको हो ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार साइबर हमलाको श्रृङ्खलाले ‘सार्वजनिक प्रतिष्ठान एवम् निजी संस्थाहरुलाई’ लक्षित गरेको रोमानियाको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसबाट भएको क्षतिको विवरण भने उपलब्ध गराइएको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण थालेदेखि विश्वभर साइबर आक्रमणको खतरा बढिरहेका बेला रोमानियाली साइटहरुलाई लक्षित गरी ह्याकरहरुको आक्रमण भएको हो ।