तस्बिर : नेपाली सेना

ब्रेकिङ स्टोरी

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

By खबरहब

May 30, 2022

काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।

पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो ।

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरे पनि भेट्टाउन सकेको थिएन ।

जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।