फाइल फोटो

देश/प्रदेश

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

By खबरहब

May 30, 2022

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।

प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।