ब्रेकिङ स्टोरी

काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ (भिडियोसहित)

By खबरहब

May 30, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले शपथसँगै पदबहाली गर्दैछन् ।

कामपाको ३२ वडामध्ये अध्यक्ष पदमा १९ मा नेपाली कांग्रेसका उम्मेदवार र १२ वडामा एमालेका उम्मेदवार विजय भएका छन् ।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय छन् ।

कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।

गत वैशाख ३० गते मतदान भइ गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।