राजनीति

उदयपुरको त्रियुगा १० मा गोलाप्रथाबाट एमालेका किरण पाण्डे विजयी

By खबरहब

May 30, 2022

काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार किरण पाण्डे गोलाप्रथामार्फत् विजयी भएका छन् ।

मतगणनाका क्रममा एमालेका पाण्डे र नेपाली कांग्रेसका उम्मेदवार प्रकाश खड्काले समान १०५३ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत पाण्डे विजयी भएका हुन् ।

तेस्रो भएका नेकपा (माओवादी केन्द्र) का ज्ञानेन्द्र मगरले ५७८ मत प्राप्त गरेका छन् ।