ब्रेकिङ स्टोरी

तारा एयरद्वारा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुरुको नामावली सार्वजनिक

By खबरहब

May 30, 2022

काठमाडौं- तारा एयरले आइतबार दुर्घटनामा परेको विमानमा सवार यात्रुहरुको नाम सार्वजनिक गरेको छ ।

सोमबार थासाङ गाँउपालिका २ स्थित दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा यात्रुहरुको नाम एयरलाइन्सले सार्वजनिक गरेको हो । जसमा चालक दलका ३ सदस्य, २ जर्मन नागरिक ४ भारतीय नागरिकसहित २२ जना छन् ।

चालक दलका सदस्यमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, फस्ट अफिसर उत्सभ पोखरेल र एअर होस्टेस कीस्मी थापा छन् । जर्मन नागरिक मिक ग्रिट ग्राफ, र उवे विल्नर रहेका छन् । त्यस्तै भारतीय नागरिकमा वैभव बाण्डेकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रितिका त्रिपाठी, रहेका छन् ।

अन्य यात्रुमा काठमाडौंका बसन्त लामा, राममाया तामाङ र तुल्सादेवी तामाङ ओखलढुङ्गाका प्रकाश सुनुवार, धनुषाका इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मकर बहादुर तामाङ र सुकुमाया तामाङ छन् ।

त्यस्तै गोरखाका गनेस नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ र रोजिना श्रेष्ठ छन् । विमान दुर्घटनामा परेका सबै यात्रुको शब फेला परेको छ । तर शबको सनाखत भएको छैन । शब सिधै काठमाडौ ल्याइँदै छ ।