ब्रेकिङ स्टोरी

दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको शव भेटियो

By खबरहब

May 30, 2022

पोखरा- मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त भएको हो । सोमबार विहान फेला परेको दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या भएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।