बलिउड/हलिउड

लाल सिंह चड्डा’ ट्रेलरलाई मिश्रित प्रतिक्रिया (भिडियो)

By खबरहब

May 30, 2022

काठमाडौँ– बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् । एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अ वे , क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् । यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् ।  

करीना कपूर खान को-स्टार रहेको फिल्म  ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  सार्वजनिक ट्रेलरमा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवन-यात्रा र बदलिदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मको ट्रेलरलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।