फाइल फोटो

राजनीति

मेयर बालेन भन्छन्- ‘फोहोर व्यवस्थापन पहिलो प्राथमिकता’

By खबरहब

May 30, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यववस्थापन आफ्नो पहिलो प्रथामिकता रहेको जनाएका छन् ।

पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ।’ उनले भने ।

फोहोरका कारण सिसडालवासीहरु क्यान्सर पीडित रहेको बताउँदै उनले सिसडोलबासीले स्वच्छ वातावरण र हावामा बस्ने वातावरण नहुन्जेल अरु काम नहुने समेत उनको भनाइ छ ।

‘उहाँहरू क्यान्सर पीडित हुनुभएको छ, छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातावरण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’ उनले भने ।