राजनीति

पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री शर्माको भनाइ

By खबरहब

May 30, 2022

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मुल्य घट्ने बताएका छन् । पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने निर्णय भइसकेको उनले बताए ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रिपरिषद्बाट नै पेट्रोलियम पदार्थको कर घटाउने निर्णय भइसकेको जानकारी दिएका हुन् ।

सोहीअनुसार मूल्य समायोजन गर्ने निर्णय भइसकेकाले अब पेट्रोलियम पदार्थको मूल्य घट्ने उनले बताएका छन् ।

अब निगमलाई कर छुट दिने निर्णयको पत्राचार हुन बाँकी रहेको उनको भनाइ छ । एकदुई दिनमा प्रक्रिया पूरा गरेर पत्राचार भएपछि मूल्य समायोजन हुने शर्माले बताए ।