फाइल फोटो

मुख्य समाचार

कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्‍न गठबन्धन बैठकको निर्देशन

By खबरहब

May 30, 2022

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्न निर्देशन दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले बताए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न बैठक बसेको हो ।

बैठकमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।