अपराध

अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ

By खबरहब

May 30, 2022

काठमाडौं– प्रहरीले अनलाइनमार्फत सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ । ठगीमा संलग्न दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ का राज भन्ने मिनबहादुर थापा, भारतको हैदरावादका फेनि कुमार जेट्टी, भारतको हैदरावादकै हेमन्त भुद्दगिरी र भाष्कर नायक पक्राउ परेका हुन् ।

उनीहरुले हाम्रोबजार डट कम नामक अनलाइन किनमेल साइटबाट ल्यापटप झिकाई ठगी गरेको जनाइएको छ । आफू अमेरिकामा रहेको बताउने क्रिष्टोफर पिल्ग्रिमको नामबाट उनीहरुले भैरहवामा विक्रम थापाको नाममा ल्यापटप कुरियर गर्न लगाएको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले यसका लागि एनआईसी एसिया बैंकमा ७० हजार रुपैयाँ पठाउन लगाएको जनाइएको छ ।

पक्राउ परेका गिरोहको साथबाट क्यामेरा, ल्यापटप, ट्याब, स्मार्टवाच, गितार, बुद्धको मूर्ति र विभिन्न कम्पनीका ८ मोबाइल र १ लाख ६५ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।