तस्वीर- एपी

अन्तर्राष्ट्रिय

‘मानवअधिकारका विषयमा तालिबानलाई विश्वास गर्न सकिन्न’

By खबरहब

May 30, 2022

काठमाडौं– मानवअधिकारप्रति अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विश्वास नै नरहेको एकजना मानवअधिकारवादीले बताएकी छिन् ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचमा महिलाअधिकारका लागि निर्देशक तथा अफगानिस्तानका विषयमा पूर्व वरिष्ठ शोधकर्ता हेदर बारले तालिबानलाई मानवअधिकारका लागि विश्वास गर्न नसकिने बताएकी हुन् ।

उनले ट्विट गर्दै भनेकी छिन्– ‘तालिबानको नेृतत्वमा रहेको कोही पनि महिला अधिकारका लागि विश्वास गर्न लायक छैनन् ।’

‘सत्ता कब्जा गर्ने बेला उनीहरुले महिला तथा बालिकालाई सम्मान गरेको देखाएका थिए । हरेक दिन महिलाविरुद्ध नयाँ कदम चालिएका छन् र यो अझ बढिरहेको छ ।’ उनको ट्विटमा उल्लेख छ ।

गत वर्षको अगष्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ महिला तथा मानव अधिकार कटौती हुँदै गएको बताइन्छ । हालैमात्र तालिबानले टेलिभिजनमा समाचार वाचन गर्ने महिला प्रस्तोताहरुलाई अनुहार छोप्न उर्दी जारी गरेको थियो ।