फाइल तस्वीर‍

समाचार

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

By खबरहब

May 30, 2022

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुन्दरी प्रतियोगिताका आयोजकसमेत रहेका पाण्डेलाई बलात्कार गरेको आरोप लगाउँदै एक युवतीले सामाजिक सञ्जालमार्फत आफू बलात्कारको शिकार भएको बताएकी थिइन् ।

ती युवतीले पाण्डेले एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

सामाजिक सञ्जालमा पनि यस विषयमा बहस हुन थालेपछि प्रहरीले काठमाडौंको स्वयम्भूबाट गत जेठ ७ गते पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।