आर्थिक

बिहीबारको विदेशी मुद्राको विनिमय दर : दैनिक बढ्दै छ डलर

By खबरहब

June 30, 2022

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो । बिहीबार त्यो रकम बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?