खेलकुद

एथलेटिक्सका रेफ्री र निर्णायकको ‘सेमिनार’ सुरु

By खबरहब

June 30, 2022

पोखरा – गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरू पोखरामा जम्मा भएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरूलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरूमा समर्पण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरू बढेसँगै सक्षम निर्णायकहरूको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सेमिनारमा एथलेटिक्सका विज्ञ सुशील नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।