देश/प्रदेश

लमजुङमा ४० प्रतिशत रोपाईं सकियो

By खबरहब

June 30, 2022

लमजुङ-  लमजुङमा  ४० प्रतिशत रोपाईं सकिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाईं सकिएको हाे ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएको थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।