फाइल फोटो

देश/प्रदेश

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

By खबरहब

June 30, 2022

गोदावरी- सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८९/८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबिच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो ।