फाइल फोटो

ब्रेकिङ स्टोरी

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

By खबरहब

June 30, 2022

काठमाडौँ– जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगञ्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

बैठक दुई दिनसम्म चल्ने छ ।  पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरूले विरोध गर्दै आएका छन् । यहीबीच जसपाको बैठक बोलाइएको हो ।