मुख्य समाचार

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

By खबरहब

June 30, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्र मन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।