समाचार

नवनियुक्त चार राजदूतले लिए पद तथा गोपनीयताको शपथ

By खबरहब

June 30, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथलिएका छन्।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) रहेका छन्।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।