देश/प्रदेश

धानको बीउ नहुँदा किसानको पिरोलो

By खबरहब

June 30, 2022

महोत्तरी : असारे १५ पर्वका अवसरमा धान रोपाइँ दिवस मनाइएका समाचार आइरहँदा महोत्तरी जिल्लाका किसान भने बीउको चिन्ताले पिरोलिएका छन् । असार लागेदेखि नै बेलाबेलामा पानी परिरहे पनि यसपालि बीउ पर्याप्त नहुँदा धान रोपाइँले गति नलिएपछि किसान पिरोलिएका हुन् । मध्य असार नाघिसक्दासम्म जिल्लामा यसपालि १० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

“जेठ तेस्रो साताभित्र हिउँदे धानको बीउ छरिसक्नुपर्ने हो तर यसपालि कृषि सहकारीमा न धानको बीउ पाइयो न मल नै”, जिल्लाको भङ्गाह नगरपालिका–७ मेघनाथ गोरहन्नाका किसान रामबाबु चौधरी भन्छन्, “समय नाघ्नै लाग्दासम्म बीउ, मल नपाएपछि घरकै पुरानो धानको ब्याड राख्यौँ, त्यही बीउ रोप्दैछौँ ।”

मध्य असारताका भ्याइनभ्याई, खाइनखाई रोपाइँमा लाग्नुपर्ने बेला गरामा डम्म भरिएको खेत हेर्दै विरक्तिनुपरेको किसानको भनाइ छ । असार तेस्रो साताभित्र बीउ रोपिसकेर साउन तेस्रो साताभित्र खरुवन कलम, बीउ रोप गाँजिएपछि उखेलेर रोप्नेलाई खरुवन रोप भनिन्छ रोपिने चलन छ ।

तर यसपालि बीउ रोप शाही रोप गर्न पर्याप्त बीउ बेर्ना नभएपछि धेरैजसो खरुवनकै भरपर्नुपरेको किसानको भनाइ छ । रासस