सांकेतिक तस्वीर ।

सुरक्षा

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत

By खबरहब

June 30, 2022

खोटाङ– खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् ।

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै घरमा खेलिरहेका बेला ललाइफकाइ गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए ।

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।