फाइल तस्बिर

समाचार

आजको मौसम : यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा

By खबरहब

July 30, 2022

काठमाडौँ – देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

दिउँसो पनि देशभर सामान्य बदलीको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टामा उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।