खेलकुद

रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

By खबरहब

July 30, 2022

काठमाडौं । भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् ।

शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् । शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।