समाचार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

By खबरहब

August 30, 2022

काठमाडौँ- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् ।

न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् ।

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।