सांकेतिक तस्वीर

देश/प्रदेश

 खोलामा बेपत्ता जिप चालकको शव फेला

By खबरहब

August 30, 2022

रोल्पा– गत शुक्रबार राति भएको जिप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जिप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय बुद्धिबहादुर लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जिप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।