बैंक/वित्त

नेपाल बैंकबाट आइपिओ भर्दा सिआस्वा शुल्क नलाग्ने

By खबरहब

August 30, 2022

काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकले  धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपिओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपाल भर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको उक्त बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्ष यता बैंकले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालमा  बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको  छ ।