आर्थिक

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

By खबरहब

August 30, 2022

काठमाडाैँ- राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन ।

प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । बैंकले विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि नपाइने जनाएको छ ।