फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा राजनीतिक नेताको गोली हानी हत्या

By खबरहब

August 30, 2022

काठमाडौँ– पाकिस्तानमा एक जना राजनीतिक नेताको हत्या भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा जमात उलेमा ए इस्लाम फज्लका स्थानीय नेताको गोली हानी हत्या भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले स्थानीय नेता करी समसुद्दिन र उनका साथी हफिज नुमान दवारको हत्या गरेका हुन् ।

स्थानीय इदेक गाउँ जाने क्रममा उनीहरु चढेको कारलाई बिची सडकमा रोकिएको थियो । त्यसपछि बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका थिए ।

बन्दुकधारीको आक्रमणमा दुबै जनाको घटनास्थलमै मृत्यु भएको डनले जनाएको छ ।

करी समसुद्दिनका आफन्तले उनको कसैसँग कुनै किसिमको दुश्मनी नरहेको जनाएका छन् ।

हत्या गरिएका नेता स्थानीय राजनीतिमा निकै क्रियाशील रहेको बताइएको छ । उनले सो क्षेत्रमा जारी कानूनविहीनता र लक्षित हत्याबारे स्थानीय प्रशासनको चर्को आलोचना गर्दै आएको बताइएको छ ।