तस्वीर- न्यूयोर्क टाइम्स

अन्तर्राष्ट्रिय

रुसी आक्रमणमा परी २३ युक्रेनी सर्वसाधारणको मृत्यु

By खबरहब

September 30, 2022

काठमाडौँ- युक्रेनले शुक्रबार मुलुकको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेको सवारी लस्करमा रुसले आक्रमण गरेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ ।

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् ।

आक्रमणका लागि जापोरिज्जियाको रुसी कब्जामा रहेको क्षेत्रका रुस समर्थक अधिकारीले किभलाई दोष दिएको जनाइएको छ । उनीहरुले आक्रमणमा रुसी सेनाको हात रहेको दाबी समेत अस्वीकार गरेका छन् ।