तस्वीर- रोयटर्स

रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा

By खबरहब

September 30, 2022

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेका युक्रेनका चार भूभाग आफ्नो मुलुकमा गाभिएको घोषणा गरेका छन् ।

राजधानी मस्कोस्थित क्रेमलिन हलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी भूभागहरु लुहान्स्क, डोनेत्स्क, जापोरोज्जिया र खेर्सन क्षेत्रलाई आफ्नो मुलुकमा गाभेको घोषणा गरेका हुन् ।

यसअघि रुसले ती भूभागलाई आफ्नो मुलुकमा गाभिने विषयमा जनमत सङ्ग्रहको आयोजना गरेको थियो ।

‘नतिजा स्पष्ट छ, धेरै स्पष्ट छ ।’ सम्बोधनका क्रममा उनले भने, ‘जनताहरुले निर्णय गरेका छन् – एउटै निर्णय’ पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले रुसी अधिनमा आएका भूभागमा रहेका गाउँ र सहरको पुननिर्माण गरिने समेत जनाएका छन् । यसबाहेक त्यहाँका जनतालाई सुरक्षित जीवन प्रदान गर्न समेत रुस तयार रहेको उनले बताए ।