प्रतिकात्मक तस्वीर

देश/प्रदेश

दसैँसँगै बिजुली पुगेपछी गाउँमा खुसीयाली छायो

By खबरहब

September 30, 2022

काठमाडौँ – उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए।

वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताइ । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए । महत्वपूर्ण चाडमा गाउँ झिलीमिली भएपछी गाउँवासीमा खुसीयाली छाएको छ ।