देश/प्रदेश

विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने

By खबरहब

September 30, 2022

काठमाडौँ- अन्तरराष्ट्रिय मञ्चमा नेपालको विपद् जोखिमबारेमा एकीकृतरुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । अष्ट्रेलियामा गत असोज ३ देखि ६ गतेसम्म आयोजना भएको प्रकोप जोखिम न्यूनिकरणका लागि एशिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिता तथा सम्मेलनको मुख्य सन्देशबारे आज राजधानीमा भएको समीक्षा बैठकमा सहभागिले उक्त विषयमा जोड दिएका हुन ।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आयोजनामा भएको समीक्षात्मक छलफलमा सहभागीले सम्मेलनपूर्व गरिएका बैठक तथा छलफलको परिणामस्वरुप सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गरे ।

सम्मेलनबाट एसिया प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भको जानकारी लिन तथा आगामी बाटो तय गर्न ठूलो सहयोग मिलेको र आगामी दिनमा यस्ता मञ्चमा नेपालका सफल अभ्यासलाई व्यवस्थितरुपमा लैजानु पर्ने सहभागीको धारणा थियो ।

कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्मेलन आयोजनाका क्रममा अस्ट्रेलियाले रैथाने समुदाय तथा तिनको ज्ञानलाई असाध्यै महत्व दिएको दृष्टान्त राखे ।