देश/प्रदेश

रक्त सञ्चार केन्द्रलाई भीमदत्तको पाँच लाख सहयोग

By खबरहब

September 30, 2022

कञ्चनपुर- भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई निःशुल्क रक्त सञ्चार सेवाका लािग रु पाँच लाख सहयोग गरेको छ ।

शुक्रबार भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । नगरपालिकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रलाई सहयोग गरेको उपप्रमुख जोशीले बताए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका कार्यालय प्रमुख उप्रेतीले उक्त रकमले रक्त सञ्चार केन्द्रलाई ब्लड बैंक स्थापना गर्नका लागि सहयोग पुग्ने बताए । उनले रेडक्रसले रगतको अभाव हुन नदिनका लागि विभिन्न समयमा रक्तदान शिविरहरु आयोजना गरिराखेको बताए ।