सांकेतिक तस्बिर

देश/प्रदेश

खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु

By खबरहब

September 30, 2022

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

शुक्रबार दिउँसो तीन बजे खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैङ्कको निर्माणाधिन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेण्ट लागेर घाइते भएका उपचारका क्रममा सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोदारले बताए । उक्त भवन तीन करोड ३२ लाख लागतमा निर्माण हुन लागेको हो ।