देश/प्रदेश

नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ घाइते

By खबरहब

October 30, 2022

काठमाडौं – पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। बस आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो।

दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।