प्रतिकात्मक तस्वीर

देश/प्रदेश

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

By खबरहब

October 30, 2022

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका २ मथारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ ।

भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।