राजनीति

चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री डा. कोइराला बेहोस

By खबरहब

October 30, 2022

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला चुनावी कार्यक्रममा बेहोस भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।

कोइरालालाई उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए ।

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।