खेलकुद

विश्वकपमा आज चार खेल : मध्यरातमा अर्जेन्टिना र पोल्यान्डको प्रतिस्पर्धा

By खबरहब

November 30, 2022

काठमाडौं- फिफा विश्वकप फुटबलमा बुधबार चार खेल हुँदैछन्। बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन्।

नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। दुई खेल सकिएपछि एउटा देश नकआउट चरण पुग्ने टुंगो लाग्नेछ।

बुधबार राति १२ : ४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’मा रहेका चार देशले प्रतिस्पर्धा गर्नेछन्।

एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ। यी खेलबाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ।