प्रवास

ओमानमा ब्रेस्ट क्यान्सरको निःशुल्क जाँच हुने 

By खबरहब

November 30, 2022

दोहा – ओमानमा कार्यरत नेपाली महिलाहरूको ब्रेस्ट क्यान्सरको लक्षण भए/नभएको निःशुल्क जाँच गरिने भएको छ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमान क्यान्सर एसोसियसनका अध्यक्ष डा. वाहिद अली सैद अल खरुसीबीच ४० वर्ष नाघेका महिलाको ब्रेस्ट क्यान्सरको लक्षण जाँच गर्नेबारे छलफल भएको हो।

जाँचको लागि रेसिडेन्स कार्ड आवश्यक पर्ने छैन। कुनै लक्षण नभए पनि निःशुल्क जाँच गराई लाभ लिन ओमानस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। थप जानकारी लागि उक्त संस्थाको फोन नम्बर २४४९८७१६ र ८००७७४७७ मा गर्न पनि दूतावासले भनेको छ।

सन् २००९ देखि ओमान क्यान्सर एसोसिएसनले २७ हजार भन्दा बढी नेपाली महिलाहरु उपचार गरेको एसोसियसनका अध्यक्ष डा.अल खरुसीले बताए। क्यान्सरको रोकथाप तथा उपचारको लागि उक्त संस्थाले उदाहरणीय काम गरेको छ।

उनले दूतावास परिवारले ओमान क्यान्सर एसोसिएसनले आयोजना गरेको वाकाथनमा भाग लिएकोमा धन्यवाद दिँदै प्रशंसा गरेका छन्। साथै नेपालका यस्तै संस्थाहरूसँग सहकार्य तथा सहयोग गर्न सकिने पनि बताए।