तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

By खबरहब

November 30, 2022

काठमाडौँ- चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ शताब्दीमा चीनलाई परिवर्तनकारी युगमा डोर्‍याउने पूर्व नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ ।

उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । उनले तियानमेन स्क्वायर दमनपछि सत्ता हातमा लिएका थिए ।

जियाङले चीनलाई विश्वव्यापी मञ्चमा एक शक्तिशाली मुलुकको दर्जामा उभ्याउन नेतृत्व गरेको जस दिने गरिन्छ ।