देश/प्रदेश

बागमती किनारका सुकुम्बासीद्वारा विरोध प्रदर्शन

By खबरहब

November 30, 2022

काठमाडौँ- उचित विकल्पबिना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्बासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपसहित बिभिन्न स्थानमा विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन् ।

उनीहरुले आफूहरुको बस्ती हटाउने महानगरको कामको विरोध गर्दै नाराबाजी गरेका थिए । राज्यले यसअघि सुकुम्बासीसँग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झडप भएको थियो ।