फाइल तस्वीर

राजनीति

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

By खबरहब

November 30, 2022

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले रोकिएको मतगणना गर्न निर्देशन दिएको थियो ।

बुथ कब्जा भएको आरोप लगाउँदै नेकपा एमालेले फेरि मतदानको माग गरेको थियो भने कांग्रेसले तत्काल मतगणना हुनुपर्ने अडान लिएको थियो ।

यस क्षेत्रमा कांग्रेस उपसभापति धनराज गुरुङ, एमालेकी पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ्बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।