सांकेतिक तस्बिर

समाचार

ढुंगामा च्यापिएर एक बालकको मृत्यु

By खबरहब

November 30, 2022

अछाम – अछाममा तरुल खन्ने क्रममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्यु भएको हो ।

आज दिउँसो दुई भाइसँगै तरुल कोर्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । खान्छा भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्यानरत थिए ।