राजनीति

सुनसरी ४ को मतगणना अन्तिम चरणमा, रोचक बन्दै प्रतिस्पर्धा

By खबरहब

November 30, 2022

सुनसरी– सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता कायमै राखेका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत भन्दा ९४ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् भने कुसियैतले २७ हजार ९९६ मत ल्याएका छन्। दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा देखिएको छ।